काठमाडौंबाट टोखा-छहरे-त्रिशुली ५० कि. मी., ककनी-त्रिशुली ६९ कि. मी. र काठमाडौं-गल्छी-त्रिशुली ८० कि.मी सडक सञ्जालले जोडिएको विदुर न.पा. नुवाकोट जिल्लाको सदरमुकाममा रहेको पालिका हो। नुवाकोट जिल्लाको सदरमुकाम विदुरको नामबाट परिचित यस नगरपालिका नेपालको सविधान, २०७२ भाग ५ मा व्यवस्था भए अनूसार राज्यको पुनसंरचना गर्ने कममा नयाँ स्थानीय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा मिति २०७३।११।२७ मा प्रकाशित सूचनाबाट सञ्चालनमा आएको हो। १३०.०१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिका समथर मैदान तथा पहाडी डाँडाकाँडा मिलेर बनेको छ । यस नगरपालिकाको प्रमुख बजार केन्द्रहरुमा विदुर, वट्टार, त्रिशुली, गगटे, हात्तिगौडा, ढुंगे, वेत्रावती, अक्करे, राईसिङ्ग, नुवाकोट दरबार क्षेत्र, देवीघाट, वगुवा र कोलनी आदि रहेका छन् । ठोरी-गल्छी- विदुर हुँदै त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी त्रिदेशीय सडक मार्गले भारत, नेपाल र चिनको केरुङसम्मको पहुँचलाई स्थापित गराएको छ भने सिन्धुपाल्चोक-चिसापानी-छहरे ढिकुरे हुँदै विदुर नगरपालिकादेखि धादिङसम्मको अर्को पुष्पलाल मध्यपहाडी लोकमार्गले छिमेकी जिल्लासँग स्थलमार्ग मार्फतको पहुँचलाई सुविधाजनक बनाएको छ ।
   
  
     
  	
      
  
  
 
Pages