समाचार
संक्षिप्त परिचय
विदुर नगरपालिका
१. परिचय
विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भर्इ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ । १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ ।
वडा नं. | समावेश भएका साविक गाविस/नपाहरु | साविक वडा नं. |
१ | विदुर | १,१०,११ |
२ | विदुर | २,३ |
३ | खड्गभञ्ज्याङग् | ४-९ |
४ | विदुर | ४ |
५ | विदुर | ५,७ |
६ | विदुर | ६ |
चारघरे | १,२ | |
७ | तुप्चे | १,२,३,४,५,७ |
८ | विदुर | ८ |
तुप्चे | ६,८ | |
९ | विदुर | ९ |
तुप्चे | ९ | |
१० | गेर्खु | ३,४,७,९ |
११ | गेर्खु | १,२,५,६,८ |
१२ | चारघरे | ३-९ |
१३ | कल्याणपुर | १-९ |
२. ऐतिहासिक पृष्ठभुमि
प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरु समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।
Facts about this municipality
- Established : 1987AD
- Area : 130.01 sq. Km.
- Population : 54351 (28977 F, 25374 M)
- Total HH : 12505
- Voters : 34331
- Total ward nos.: 13
- Total executive body members: 23 (Female: 6)
- Total assembly members : 70 (Female: 27 )
Boundries :
- East : Likhu & Suryagadi rural municipality
- West: Meghang & Tarakeswor rural municipality
- North: Kispang rural municipality & Rasuwa District
- South : Belkotgadi Municipality
Market center:
- Trishuli, Battar, Rising, Bidur, Nuwakot, Debighat, Baguwa, Gangate, Hattigauda, Dhunge, Betrawoti Aakkare
Education institutions: 64
- College : 2,
- Higher secondary school : 9,
- Secondary school : 12
- Lower secondary school : 7,
- Primary school : 36
- Students nos. : 6563
Financial Institution:
- Commercial & Development bank : 14 nos.
- Cooperative bank : 1 no. , Cooperative institution: 64 nos.
- Health sectors :
- Hospital and health centers :14
- Health post :6 (urban health clinic 5)
- Agriculture service center :2
- Livestock service center : 2
- Religion: Majority are Hindus whereas fewer are Buddhists, Muslims, and Christians also.
Sources of Income
- Own Source Revenue : NRs.10 million
(Integrated property tax, Rent, Vehicle Tax, Road Tax, Entertainment Tax, Service Fee Recommendation, Building Permit, etc).
- Conditional Grant NRs. 187 million
- Non Conditional Grant NRs. 262 million
Oppurtunity
- Close to Kathmandu (about 60 km)
- Trade transit point (India – China)
- Tourism development ( Historical place Nuwakot, Devighat, Betrawoti )
- Elected representatives
- All ward offices established for service delivery.
- Industrial Zone (SEZ proposed by Govt. of Nepal)
- Medical treatment hubs (especially for northern people)
Issues and Challenges
- Infrastructure Development :
- Road, waste management, dumping site, water supply
- system, sanitation, quality education system, recreational park, stadium etc.
- Institutional capacity building,
- Public awareness,
- Sectoral development (Agriculture, Tourism, Industry & Business)
- City development plan / master plan
- Social & economic development
- Employment generation
- Environment protection
- Effective service delivery (good governance)
- Revenue generation
- Qualitative Urban Health Service
- Information management system
- Waste management system
- Re-habitation of Earthquake victims
- Recovery in terms of enough skilled reconstruction workers, efficient disaster response and preparedness mechanism, more health posts, schools, water irrigation etc.
सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)
विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।
नगर प्रमुख