FAQs Complain Problems

समाचार

सरसफाई अभियानमा सहभागिता सम्वन्धमा ।

विषयः सरसफाई अभियानमा सहभागिता सम्वन्धमा । प्रस्तुत विषयमा विदुर नगरपालिकाको २९ औ स्थापना दिवशको उपलक्ष्यमा “विदुर नगर, सफा शहर हाम्रो रहर” नाराका साथ सप्ताहव्यापी सरसफाइ अभियान चलिरहेको हुदाँ तपशिल मिति स्थान र समयमा संभव भए सम्म आवश्यक सरसफाई सामाग्री सहित यालीमा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ । तपशिल मितिः २०७२।११।१४ कार्यक्रम सुरू स्थानः त्रिशुली पूलवारी कार्यक्रम समापन स्थानः लोकतान्त्रिक चौतारा विदुर समयः विहान ठिक ७ वजे सुरु गरी लोकतान्त्रिक चौतारामा समापन ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख