FAQs Complain Problems

समाचार

यस बिदुर नगरपालिकाको १७ औ नगर परिषद तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न

मिति २०७३/०९/२८ गतेका दिन यस बिदुर नगरपालिकाको १७ औ नगर परिषद तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ, कार्यक्रमको अध्यक्षता नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भिमकान्त पाैडेल, प्रमुख अतिथि माननीय जिल्ला न्यायधिस ज्यू, विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी, विशेष अतिथिमा स्थानीय विकास अधिकारी, अन्य अतिथिहरूमा तालिम केन्द्रका प्रमुख सेनानी, जिल्ला प्रहरी प्रमुख , विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७४/७५ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत भिमकान्त पाैडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगरभित्रका सामुदायिक विध्यालयका एसएलसी उत्कृष्ट छात्र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत केशव वहादुर श्रेष्ठले गर्नु भएको थियो ।

सूचना!!!! सूचना!!!!! सूचना!!!! (2076/02/07)

विदुर नगरपालिका क्षेत्रभित्र घर, टहरा निर्माण गर्दा विदुर नगर कार्यपालिका कार्यालयबाट घर निर्माण ईजाजत पत्र लिएर मात्र घर, टहरा निर्माण गर्नहुन अनुरोध छ । अन्यथा घर, टहरा निर्माण गरी नक्शा पास गर्न आएमा नक्शा पास नहुने व्यहोरा नगरवासीहरुमा जानकारी गराउँदछौँ । साथै यो सूचनालाई अवहेलना गरी निर्माण कार्य गरेको पाईएमा नगरपालिकाको नियम अनुसार कारबाही गरिने व्यहोरा समेत नगरवासीहरुमा जानकारी गराउँदछौँ ।

 

                                                                                                             नगर प्रमुख