विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ । १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगरपालिका पर्दछ ।
कार्यालय बन्द रहने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।
वडा नं. ६ कार्यालयकाे भवन सिलन्यास कार्यक्रम
वि.न.पा.काे अगवाईमा संघीय सांसद माननीय श्री नारायण खतिवडा तथा प्रदेश सांसद माननीय श्री केशव पाण्डेज्यूको समउपस्थितिमा माननीय उप-प्रधानमन्त्री तथा रक्षामन्त्री श्री इश्वर पोखरेल ज्यू समक्ष गल्छी-त्रिशली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडककाे ज्ञापनपत्र बुझाइदै
२०७६ साल विजया दशमीको पावन अवसरमा विदुर नगरपालिका नगरवासी तथा सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।